प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको अन्तिम नतिजा आज

काठमाडौं/ निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको अन्तिम नतिजा आज (बुधबार) घोषणा गर्ने भएको छ । आज दिउसो साढे १ बजे पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा घोषणा गर्ने तयारी गरिएको आयोगले जनाएको छ ।

निर्वाचनको सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको हो । यसअघि नै प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेकामा दलहरूले समानुपातिकको सूची पनि आयोगमा बुझाइसकेका छन् ।

आयोगले बिहीबार राष्ट्रपतिसमक्ष सम्पूर्ण निर्वाचन परिणाम प्रस्तुत गर्ने बताएको छ। राष्ट्रपतिलाई अन्तिम परिणाम बुझाएसँगै सरकार गठन र संसदीय प्रक्रिया अघि बढ्ने छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज