काठमाडौँ / इलन मस्कले सामाजिक सञ्जाल ट्वीटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट राजीनामा दिने भएका छन् । बुधबार बिहान ट्वीट गर्दै मस्कले सीईओबाट राजीनामा दिने घोषणा गरेका हुन् । उनले सीईओका लागि अर्को व्यक्ति भेटिएसँगै राजीनामा दिने र आफूले सफ्टवेयर र सर्भर टिम हेर्ने बताएका छन् ।
यसअघि मस्कले आफू भविष्यमा ट्वीटरको कार्यकारी प्रमुखका रूपमा रहने वा नरहने विषयमा मत दिन र उक्त मतको आफूले सम्मान गर्ने भन्दै प्रयोगकर्तालाई आग्रह गरेका थिए । ‘के म ट्वीटरको प्रमुख पदबाट हट्नुपर्छ ?’ उनले ट्वीटर प्रयोगकर्तालाई जवाफका लागि ‘हो वा होइन’ मा क्लिक गर्न आग्रह गरेका थिए । आफूले ट्वीटरको सीईओको जिम्मेवारी लिएको केही सातापछि ट्वीटरले प्रयोगकर्ताको मतअनुसार अघि बढ्ने बताएका हुन् ।
एक करोड ७५ लाखभन्दा ट्वीटर प्रयोगकर्तामध्ये ५७.५ प्रतिशतले उनको विपक्षमा मतदान गरेका छन् । पक्षमा ४२.५ प्रतिशतले मत दिए । प्रयोगकर्ताको मतलाई सम्मान गर्ने र आफ्नो फरक राय नरहेको उनको भनाइ थियो ।
मस्कले ट्वीटरको सीईओबाट राजीनामा दिने
