काठमाडौं जिल्ला अदालतले पनि शोभराजलाई रिहा गर्न आदेश दियो

काठमाडौँ /सर्वोच्च अदालतको आदेशबमोजिम काठमाडौं जिल्ला अदालतले पनि हत्या अभियोगमा केन्द्रीय कारागारमा रहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई रिहा गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतले भक्तपुर अदालतबाट चलेको मुद्दामा उनलाई तत्काल रिहा गरी १५ दिनभित्र स्वदेश फर्काउन बुधवार आदेश दिएको थियो । शोभराजविरुद्ध काठमाडौं जिल्ला अदालतमा थप दुईवटा जाली राहदानी र ज्यान मार्ने उद्योगका मुद्दा भेटिएपछि के गर्ने भन्ने विषयमा कारागार व्यवस्थापन विभाग काठमाडौं अदालत पुगेको थियो ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणी पाण्डेले शोभराजलाई अदालतको आदेशबमोजिम कारागारबाट मुक्त गरी अध्यागमनको जिम्मा लगाउने तयारी गरिएको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज