सरकार गठनका लागि छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक जारी

काठमाडौं /सरकार गठनका लागि छलफल गर्नका लागि सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू सहभागी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

सरकार गठनका विषयमा छलफल गर्न आयोजित बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेता सहभागी छन्।

गठबन्धनका दलहरुबीच कसले सरकारको नेतृत्व गर्ने भन्नेमा सहमति जुट्न सकेको छैन। प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले दाबी गरिरहेका छन् । सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ ५ बजेसम्मको समय दिएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज