काठमाडौं /नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भएकामा चीनले बधाई दिएको छ ।
नेपालस्थित चिनियाँ दूतावासले ट्वीटरमार्फत दाहाललाई बधाई दिएको हो । ‘अध्यक्ष पुष्पकमल दाहाललाई नेपालको ४४ औं प्रधानमन्त्रीमा निर्वाचन हुनुभएकोमा हार्दिक बधाई,’ दूतावासले भनेको छ।