बागलुङ केन्द्रविन्दु भएर तीन पटक भूकम्प

काठमाडौँ / बागलुङ जिल्लाका विभिन्न स्थान केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गए राति जिल्लाका विभिन्न स्थान केन्द्रविन्दु भई तीनपटक भूकम्प गएको हो ।

केन्द्रका अनुसार १ बजेर २३ मिनेट जाँदा बागलुङको अधिकारीचौर आसपास केन्द्रविन्दु भएर ४.७ रेक्टरस्केल, २ बजेर सात मिनेट जाँदा खुङ्गा आसपास केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केल तथा बिहान ३ बजेर २८ मिनेट जाँदा अधिकारीचौरआसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज