काठमाडौं/ ब्राजिलका महान फुटबलर पेलेको निधन भएको छ । ८२ वर्षका पेले केही समय यता मिर्गौला र प्रोस्टेटको उपचार गराइरहेका थिए ।
उनको केही घन्टा अगाडि ब्राजिलको एक अस्पतालमा निधन भएको हो । साओ पाओलोको आइन्स्टिाइन अस्पतालमा उनको उपचार चलिरहेको थियो ।
२१ वर्ष लामो फुबटल करिअरमा १३६३ खेल खेलेका पेले १२८१ गेल गरेर विश्व रेकर्ड आफ्नो नाममा दर्ज गरेका थिए । उनी अहिलेसम्म एक मात्र खेलाडी हुन् जसले तीन पटक विश्वकपको ट्रफी उचालेका छन् । सन् १९५८, १९६२ र १९७० मा विश्वकप जित्दा उनी ब्राजिलको टिममा खोलडी थिए । सन् २००० मा उनलाई फिफा प्लेयर अफ द सेन्चुरीको सम्मान दिइएको थियो ।
पेलेकी छोरी केली नासिमेन्तोले इन्स्टाग्राममा एक सन्देश लेख्दै आफ्ना पिताको निधन भएको बताएकी छन्।
पछिल्लो वर्षको सेप्टेम्बरमा पेलेको आन्द्राको शल्यक्रिया गरिएको थियो र एक ट्युमर निकालिएको थियो। उक्त ट्युमर एक रुटिन टेस्टको क्रममा पत्ता लागेको थियो। उनलाई यसै वर्ष नोभेम्बरमा फेरि अस्पताल भर्ना गरिएको थियो।