अवैधानिक क्रसर उद्योग बन्द गराउन गृह मन्त्रालयको निर्देशन

काठमाडौँ /गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै अवैधानिक क्रसर उद्योग बन्द गराउन निर्देशन दिएको छ ।

मन्त्रालयले बुधबार यस्तो परिपत्र जारी गरेको हो । परिपत्रमा कानुन विपरित, दर्ता नगरी तथा नवीकरण नभएका, संचालन अनुमति नलिई सञ्चालनमा रहेका ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खनन्, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगलाई तत्काल बन्द गर्न भनिएको छ ।

मन्त्रालयले प्रचलित कानुन विपरित ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा दोहन कार्यलाई नियमन गर्न वातावरण संरक्षण ऐन २०७६ को पालना र यस सम्बन्धमा अदालतबाट भएको आदेश कार्यान्वयन गर्न सबै प्रशासन कार्यालयलाई निर्देशन दिएको हो ।

मन्त्रालयले विभिन्न आयोजना, विकास तथा निर्माणको क्रममा सोही आयोजनाको लागि आवश्यक परिणाममा ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खननको अनुमति प्राप्त उद्योग, निर्माण व्यावसायीले आयोजना समाप्त भएपश्चात पनि त्यस्तो उत्खनन् कार्य गरिरहेको भए सो समेत छानबिन गरी तत्काल बन्द गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज