सर्वोच्च बारको ३४ औँ कार्यसमितिको अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशंकर निरौला विजयी

काठमाडौं/ सर्वोच्च बार एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयन लागि भएको निर्वाचनमा अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशंकर निरौला विजयी भएका छन्। उनले दुई सय ८९ मत ल्याएका छन् । बृहत् लोकतान्त्रिक समूहबाट उम्मेदवार बनेका निरौलाले प्रगतिशीलबाट उम्मेदवार बनेका वरिष्ठ अधिवक्ता तुलसी भट्टलाई पराजित गरेका हुन । भट्टले दुई सय ७५ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा लोकतान्त्रिकका जगदीशप्रसाद पाण्डे, सचिवमा प्रगतिशीलका श्यामकुमार खत्री, सहसचिवमा लोकतान्त्रिकबाट सुजन लोप्चन र कोषाध्यक्षमा प्रगतिशीलबाट कपिलचन्द्र पोखरेल विजयी भएका छन्। एक महिला सदस्यमा प्रगतिशीलबाट सिर्जना कँडेल विजयी भएकी छिन्।

सदस्यहरूमा लोकतान्त्रिक उत्तमराज पाठक, भीमप्रसाद ढकाल, रुपनारायण श्रेष्ठ, रेशमराज रेग्मी, रामबहादुर राउत, सुमनकुमार केसी विजयी विजयी भएका छन् भने प्रगतिशीलबाट प्रभुजी पन्त, अनुपराज उप्रेती र देवी रेग्मी पोखरेल विजयी भएका छन् । पाँच पदाधिकारी र १० सदस्य गरी १५ जना पदाधिकारीका लागि निर्वाचन भएको थियो । निर्वाचित नयाँ पदाधिकारीहरुको कार्यकाल दुई वर्ष हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज