काठमाडौँ / प्रतिनिधिसभाको सभामुख चयनका लागि माघ ५ गतेको मिति तोकिएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा सभाध्यक्ष पशुपति शमशेर जबराले माघ ५ गते निर्वाचन गर्न संसद् सचिवालयलाई निर्देशन दिएका हुन् ।
प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख वा उपसभामुख चयन गरिसक्नुपर्ने व्यवस्था छ । सभाध्यक्ष जबराले माघ २ गते सभामुखको निर्वाचनको कार्यतालिका प्रकाशन गर्नसमेत निर्देशन दिएका छन् ।
प्रतिनिधिसभाको अर्को बैठक २०७९ माघ ५ गते बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ ।