हाम्रो सामाजिक सक्रियता: रुद्रमती आधारभूत विद्यालय र सुरेन्द्र ढकाल प्रतिष्ठान बीच सहकार्य

काठमाडौं/ काठमाडौं महानागरपालिका वडा नं १० मा रहेको रुद्रमती आधारभूत विद्यालय र सुरेन्द्र ढकाल प्रतिष्ठान बीच विद्यालयको शैक्षिक गतिविधि सुधारका लागि सहकार्यको शुरुवात भएको छ । जस अन्तर्गत सुरेन्द्र ढकाल प्रतिष्ठानले विद्यालयलाई हरेक वर्ष १ लाख वरावरको सहयोग गर्ने सहमति भएको छ ।

यसवर्ष प्रतिष्ठानले विद्यालयका ४८ जनालाई विद्यार्थीलाई पोशाक र ४१ जनालाई जुत्ता वितरण गरेको छ । यस प्रकारको सहयोगको कारण विद्यालयप्रति स्थानीय स्तरमा आर्कषण वढेको र विद्यालय पोशाक, जुत्ता, झोला नभएकै कारण वालवालिकालाई विद्यालय पठाउन नसक्ने अभिभावकहरुमा हौसला वढेको विद्यालयले जनाएको छ । यसले आगामी दिनमा विद्यालयमा वालवालिकाको संख्या वढने विश्वास गरिएको छ ।

विद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघ प्रतिष्ठानको यस्तो किसिमको सहयोगको उच्च मूल्यांकन गर्दै विद्यालयमा गुणस्तरीय शिक्षा प्रवद्र्धन गर्ने प्रतिवध्दता जाहेर गरेको छ ।

शिक्षा क्षेत्रमा अनवरत रुपले समर्पित रहदै आउनु भएका स्वर्गिय गोपाल प्रसाद बास्कोटा, श्री रामनाथ तिमिल्सिना र श्रीमती हरिमाया प्रधानले २०५२ सालमा का.म.न.पा वडानं १० देवीनगरमा श्री रुद्रमती आधारभूत विद्यालयको स्थापना गर्नु भएको हो ।
२०५३ साल असार १८ गते जि.शि.का काठमाण्डौले पहिलो दरवन्दीको ब्यवस्था गरी शिक्षिका मञ्जु श्रेष्ठ (हाल प्र.अ) लाई नियुक्ति गरिएको थियो । सो वेलामा कक्षा १ को स्वीकृति पाएको यस विद्यालयमा विद्यार्थीको संख्या ४ जना रहेको र ६ महिनामा दोश्रो दरवन्दी सहित शिक्षिका पवित्रा विष्ट ऐर (हाल नि.प्र.अ) आउनु भएको थियो । सो वेलामा पिद्यालयको आफ्नै भवन नभएको हुंदा वहालमा घर लिइ पठनपाठन कार्य संचालन गरिन्थ्यो । प्र.अ. शिक्षकगण, विद्यालय ब्यवस्थापन समिति, विद्यालय भवन निर्माण समिति, स्थानीय अभिभावक र सरोकारवालाको प्रेरणा एवं सक्रियताबाट हाल का.म.न.पा वडा नं १० देवीनगर वानेश्वरको सार्वजनिक जग्गामा वडाबाट स्वीकृति लिई २०६१ सालमा भवन निर्माण गरिएको हो ।

वालविकाश कक्षा देखि कक्षा ५ सम्मको यस विद्यालयमा हाल दरवन्दीका ५ जना, राहतकोटाको १, वालविकाश शिक्षिका १, नेपाली भाषा प्रशिक्षक १ र एक विद्यालय सहयोगी गरी ९ जनाद्धारा ६१ जना निम्नवर्गीय परिवारबाट आएका वालवालिकाहरुलाई अध्यापन गरिआएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज