चिनियाँ राजदूत छन् सोङले राष्ट्रपति भण्डारीसमक्ष बुझाए ओहोदा प्रमाणपत्र

काठमाडौँ /नेपालका लागि चिनियाँ राजदूत छन् सोङले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदा प्रमाणपत्र बुझाएका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा चिनियाँ राजदूत छन्‌ले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

चिनियाँ राजदूत छन् जिम्मेवारी सम्हाल्न गत आइतबार नेपाल आएका थिए । उनले नेपाल चीनबीच रणनीतिक साझेदारीको नयाँ अध्याय सुरु गर्ने बताएका थिए ।

यसअघि चीनको विदेश मन्त्रालयको एसिया मामिला विभागका उपमहानिर्देशकको रुपमा कार्यरत छन् नेपालसहित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन अन्तर्गतका मुलुकहरूलाई नजिकबाट नियालिरहेका कूटनीतिज्ञको रुपमा चिनिन्छ् ।
नेपालका लागि निवर्तमान चिनियाँ राजदूत होउ यान्छी दुई महिनाअघि कार्यकाल सकिएर फर्किएपछि नयाँ राजदूतका रुपमा छन्ले नियुक्ति पाएका हुन् ।

राजदूतले राष्ट्र प्रमुखलाई ओहोदो प्रमाणपत्र बुझाएपछि औपचारिकरुपमा जिम्मेवारी सुरु हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज