काठमाडौँ /प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई राष्ट्रिय सहमतिको सरकारको प्रधानमन्त्रीको रुपमा अनुभूति भएको बताउँदै यसलाई थप जिम्मेवारी, गौरव र चुनौतीपूर्ण अवसरको रुपमा बुझेको बताएका छन् ।
कम्युनिष्ट नेता भुवनप्रसाद श्रेष्ठको जीवनीमा आधारित ‘भुवन दाइ’ पुस्तक विमोचन गर्दै प्रधानमन्त्री दाहालले यस्तो अभिव्यक्ति दिएका हुन ।
प्रतिनिधिसभामा आफूलाई असाधारण विश्वास प्राप्त भएको बताउँदै आफूले पाएको विश्वासलाई गौरव र चुनौतीको रुपमा लिएको बताएका छन्।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले ४६ वर्षपछि आफू गोरखाको जनप्रतिनिधिको रुपमा प्रधानमन्त्री बनेको बताए ।