काठमाडौं/ कर्णाली प्रदेश सभा सभामुखका लागि आज निर्वाचन हुँदै छ । प्रदेश सभा सचिव जीवराज बुढाथोकीका अनुसार आज बिहान ११ बजेका लागि निर्वाचनको समय तोकिएको छ।
प्रदेश सभा सभामुखका लागि नेकपा (एमाले) का प्रदेशसभा सदस्य नन्दा गुरुङ रनेपाली कांग्रेसबाट प्रदेशसभा सदस्य खड्ग पोखरेलले उमेदवारी दर्ता गराएका छन् ।