डा. रुइतलाई १० लाख डलरको इसा अवार्ड

बहराइन /नेत्र उपचारको क्षेत्रमा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चर्चित डा. सन्दुक रूइतले बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका छन् । उक्त पुरस्कार संसारभरबाट मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई हरेक दुई वर्षमा प्रदान गर्ने गरिन्छ ।

सन् २००९ मा स्थापना गरिएको यो अवार्ड सन् २०१३ देखि यो अवार्ड प्रदान गर्दै आएको छ । अवार्डको पाँचौं संस्करण सन् २०२३ मा डा. रुइतलाई उक्त पुरस्कार घोषणा गरिएको हो ।

डा. रुइतले अन्धोपन निवारणका लागि गरेको मानव कल्याणका लागि उनलाई इसा अवार्डका लागि छनोट गरिएको हो । डा. रुइतले मोतियाबिन्दु भएका बिरामीको उपचार गर्ने सरल विधि विकास गरेका थिए । साथै इन्ट्राअकुलर लेन्सको विकास गरी सुलभ दरमा उपलब्ध गराएका थिए । त्यसबाट नेपाललगायत विकासोन्मुख देशका अन्धोपन भएका लाखौं व्यक्तिले नेत्रज्योति प्राप्त गरेका छन् ।

आगामी फेब्रुअरी महिनामा डा रुइतलाई १० लाख डलर (झन्डै १३ करोड ८ लाख नेपाली रुपैयाँ), गोल्ड मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज