राष्ट्रियसभा अध्यक्ष र नेपालका लागि चीनका नवनियुक्त राजदूतवीच शिष्टाचार भेट

काठमाडौं/ राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि चीनका नवनियुक्त राजदूत छन् सोङवीच शिष्टाचार भेट भएको छ । बुधबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा उनीहरुबीच भेट भएको हो ।

भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले नेपाल र चीनबीच कूटनीतिकसम्बन्ध स्थापना कालदेखि घनिष्ठ रहेको उल्लेख गर्दै पछिल्लो समय थप प्रगाढ, सुमधुर र रचनात्मक बन्दै गएकोमा खुसी लागेको बताएका थिए।

भेटको अवसरमा अध्यक्ष तिमिल्सिनाले मित्रराष्ट्र चीनले हासिल गरेको निरन्तरको प्रगतिप्रति नेपालले प्रशंसा व्यक्त गर्दै चीन र नेपालबीच भएका उच्चस्तरीय भ्रमण र अन्य अवसरमा भएका ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई), पारवहनलगायत सम्झौता कार्यान्वयन हुने विश्वास व्यक्त गरेका थिए ।

भेटमा राजदूत सोङले नेपाल र चीनबीचको सम्बन्ध सांस्कृतिक रुपमा लामो समयदेखि सुमधुर तथा कूटनीतिक रुपमा पनि सबै राजनीतिक परिस्थितिमा समान रहेकोमा खुसी व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज