एमाले अध्यक्ष ओली र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता

काठमाडौं/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच बुधावार भेटवार्ता भएको छ ।

ओली निवास बालकोटमा भएको भेटमा द्धिपक्षीय हितका विषयमा कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ ।

गत महिना मात्र नेपाल आएका उनले सरकारका उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्दै आएका छन् । आजै राजदूत सोङले प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि भेट गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज