मन्त्रीले कूटनीतिक नियोग वा विदेशी प्रतिनिधि भेट्दा परराष्ट्रको प्रतिनिधि अनिवार्य राख्नु पर्ने 

काठमाडौँ /मन्त्रिपरिषदले पूर्णता प्राप्त गरेपछि बुधबार सिंहदवारमा बसेको पहिलो मन्त्रिपरिषद्‌को बैठकले मन्त्रीहरुले कूटनीतिक नियोग र विदेशी प्रतिनिधिलाई भेट्दा अनिवार्यरुपमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि राख्नु पर्ने निर्णय गरेको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलका आनुसार मन्त्रीहरुले कूटनीतिक नियोगका प्रतिनिधि र विदेशी प्रतिनिधिहरुलाई भेटेको गुनासो बढेपछि सरकारले यस्तो निर्णय गरेको हो ।

विदेशी कूटनीतिक आचारसंहिता २०६८ अनुसार नेपाल सरकारका मन्त्री वा संवैधानिक निकायका पदाधिकारी वा अन्य उच्च पदाधिकारीले विदेशी सरकारका मन्त्री, राजदूत वा उच्च सरकारी अधिकारीसँग भेटघाट गर्दा परराष्ट्र मन्त्रालय र विषयसँग सम्बन्धित मन्त्रालयका प्रतिनिधिलाई आमन्त्रण गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज