काठमाडौं/ वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतले आफू राष्ट्रपति पद आफ्नो लागि नभएको बताएका छन् । बुधबार तीलगंगा आँखा प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो अभिव्यक्ति दिएका हुन ।
१३ करोड रुपैयाँको प्रतिष्ठित इसा अवार्ड पाउने घोषणा भएपछि डा. रुइतले बुधबार पत्रकार सम्मेलन गरेका थिए । राष्ट्रपति बनेर नीति निर्माण गर्ने पदमा जानुहुन्छ कि भन्ने पत्रकारहरुको प्रश्नको जवाफमा रुइतले आफूले धेरै काम गर्न बाँकी रहेको बताएका हुन् ।
राष्ट्रपति पद आफ्नो लागि नभएको डा. रुइतको भनाइ थियो । उनले आफूले स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने काम धेरै रहेको बताए । ुयो पद मेरो लागि होइन । मैले आफ्नो सीमा र स्थान बुझेको छु ।