काठमाडौं/ संसद् सचिवालयले प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रिया आजबाट सुरु हुने बताएको छ ।सचिवालयले सार्वजनिक गरेको उपसभामुखको निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ता हुनेछ ।
आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ताको लागि समय तोकिएको छ । सचिवालयका अनुसार आजै सवा चार बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ । माघ ७ शनिबार १ बजे बस्ने प्रतिनिधि सभामा उम्मेदवारको प्रस्तावमाथि छलफल निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।
सत्ता गठबन्धनले राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमलाई उपसभामुख बनाउने तयारी गरेको छ ।