भद्राघले शिक्षा सदन विद्यालय र सुरेन्द्र ढकाल प्रतिष्ठान बीच सहकार्य

काठमाडौं/ सुरेन्द्र ढकाल प्रतिष्ठान र भद्रा घले शिक्षा सदन विद्यालयवीच सहकार्य शुरु भएको छ र प्रतिष्ठानले रु एकलाख वरावरको विद्यालय पोशाक वितरण गरेर विद्यालयसंग सहकार्यको शुरुवात गरेको हो । यसबाट जेहेन्दार वालवालिकाहरु लाभान्वित भएका छन् ।

आगामी वर्षहरुमा आफनो क्षमता अनुसार विद्यालयलाई आवश्यक सहयोग गर्दै जाने प्रतिष्ठानले प्रतिवध्दता जाहेर गरेको छ ।
का.म.न.पा वडानं १० देवीनगरमा अवस्थित यस भद्रा घले शिक्षा सदन विद्यालयको स्थापना २०६२ सालमा समाजसेवी श्री भद्राघलेबाट भएको हो । वालकक्षा देखि १० कक्षासम्म अध्ययन अध्यापन हुदै आएको यस विद्यालयले गरिव, पिछडिएको तथा आमावावु कारागार भएकाहरुको वालवालिकाहरुलाई गुणस्तरीय शिक्षा दिने य उध्देश्य रहेको छ ।

हाल यस विद्यालयमा विभिन्न कक्षामा गरी १६० वालवालिकाहरु अध्ययनरत छन् । स्थापनाकालमा कन्या सदनको रुपमा वालिका शिक्षामा केन्द्रित भएता पनि पछि गएर वालवालिका दुबैलाई अध्यापन गराउने गरी विद्यालयको नाम भद्राघले शिक्षा सदन विद्यालय राखिएको हो ।

तत्कालिन अवस्थामा जिल्ला शिक्षा कार्यालयले माध्यामिक तहसम्म अध्ययन अध्यापन गराउने सार्वजनिक शैक्षिक गुठीको रुपमा स्वीकृति दिए बमोजिम यस विद्यालय संचालन हुंदै आएको छ । स्थापनाकाल पश्चात थुप्रै उतार चढाव वीच अगाडि वढिरहेको यस विद्यालय आफनै श्रोत र साधनबाट संचालित छ । हाल शिक्षकको कूल संख्या २० रहेको छ र त्यसमध्य १५ शिक्षिकाहरु रहेका छन् । लेखा, सरसफाइ र कार्यको लागि ३ जना कर्मचारी रहेका छन् ।

प्रतिष्ठानसंगको सहकार्यलाई विद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघ उच्च मूल्यांकन गर्दै विद्यालयमा गुणस्तरीय शिक्षा प्रवद्र्धन गर्ने प्रतिवध्दता व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज