धनुषा / जनकपुरका दुई युवकको अपहरणपछि भारतमा हत्या भएको छ । घटनामा संलग्न रहेको आशंकामा नेपाल प्रहरीले किसानकुमार पण्डित र मुकेस पाशवानलाई पक्राउ गरेको छ ।
१३ दिनअघिदेखि सम्पर्कबिहीन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नं ८ का २१ वर्षका रोहित साह र वडा नं. १३ निवासी २२ वर्षीय विष्णु साहको हत्या भएको थियो। मृतक दुवै जना एकै परिवारका हुन् ।
घटनामा संलग्न भएको आशंकामा दुई जना नेपाली नागरिक पक्राउ परेका हुन् । यस्तै भारतीय प्रहरीले पनि घटनामा संलग्न भएको आशंकामा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।