काठमाडौं/नेपाल आयल निगमले बुधबार एक विज्ञप्ति जारी गर्दै बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बेचेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ । निगमले पेट्रोल पम्पहरूलाई बोतल र जर्किनमा खुल्ला रूपमा पेट्रोलियम पदार्थ नबेच्न र बेचेको पाइएमा कारबाही हुने चेतावनी दिएको हो ।
असुरक्षित तरिकाले बिक्री र ओसार पसार गर्दा आगलागी, भौतिक तथा मानवीय क्षति हुने भएकाले अब उप्रान्त खुल्ला रूपमा बोतल, जर्किन लगायतका भाँडोमा पेट्रोलियम पदार्थको बिक्री वितरण नगर्न आग्रह गरेको हो ।
मंगलबार प्रधानमन्त्री प्रचण्ड संसद् भवनबाट बाहिरिँदै गर्दा इलामका प्रेम प्रसाद आचार्यले पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए । यो घटना पछि निगमले सूचना जारी गरेको हो । यसअघि प्रहरीले पनि सूचना जारी गर्दै खुल्लमखुल्ला पेट्रोलियमपदार्थ बिक्रीवितरण नगर्न आग्रह गरेको थियो।