काठमाडौँ / मंगलवार काठमाडौंमा आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जाल मार्फत उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयका समिति गठन गरेको छ ।
गृह मन्त्रायका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको बताइएको छ । समितिमा अर्थ मन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक सदस्य रहने छन् ।
आचार्यले सामाजिक सञ्जालमा उठाएका विषयको छानबिन गरी प्रतिवेदन तयार पार्न र त्यस सम्बन्धमा सरकारले के गर्नुपर्ने हो सुझाव समेत दिने गरी गरी समितिलाई कार्यादेश दिइएको छ ।