काठमाडौँ / सरकारले सवारी प्रदूषण, सुरक्षा र दुर्घटना न्यूनीकरण अध्ययनका गर्न बुधबार पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ ।
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कार्यदल गठन गरेका हुन्। कार्यदल सदस्यहरूमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अध्यापन गर्ने पदमबहादुर शाही, यातायात विज्ञ मधुसुदन आचार्य र इन्जिनियर विजय गौतम छन् । कार्यदलमा एक जना यातयात व्यवसायी महासंघका प्रतिनिधि र यातयात विभागका महानिर्देशक सदस्य सचिव रहने उल्लेख गरिएको छ ।