काठमाडौं/ सुरेन्द्र ढकाल प्रतिष्ठानले विभिन्न शैक्षिक, सामाजिक र सांस्कृतिक संघसंस्थाहरुलाइ आर्थिक सहयोग गरेको छ ।
प्रतिष्ठानले नयाँ मार्ग विकास समिति नयाँ बानेश्वरलाई इलेक्ट्रोनिक सामाजिक सुरक्षा संयन्त्र जडानका लागि १ लाख, निता फाउण्डेसन साँखुमा पुनस्र्थापित दुव्र्यसनी महिलाहरुका लागि ६९ हजारको ऊनी कम्बल, थापा गाउँ सुधार समिति थापा गाउँ बानेश्वरका युवाहरुका लागि ५ हजारको खेलकुद सामग्रि सहयोग, विश्व हिन्दु युवा संघ मृगस्थली पशुपतीनाथको कार्यालय व्यवस्थापनका लागि १ लाख ५२ हजार, बालकुमारी आधारभूत विद्यालयको एक बाल कक्षाकी शिक्षिकाको तलब र बालबालिकाको छालाको जुत्ताका लागि २ लाख र संैपाल एकेडेमीमा १२ कक्षामा अध्ययनरत निसहाय बालिकाको पूजा थापा शैक्षिक शुल्क वापत १० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।
यी संस्था तथा व्यक्तिहरुलाई प्रदान गरिएको आर्थिक सहयोगबाट सामाजिक विकासमा सहयोग पुग्ने अपेक्षा प्रतिष्ठानले गरेको अध्यक्ष सुरेन्द्र ढकालले बताए ।