काठमाडौँ /स्वदेशी तथा विदेशी ब्रान्डका विभिन्न मदिराहरूको नाममा नक्कली मदिरा उत्पादन गरी बिक्रीवितरण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका १ कुपण्डोलबाट खटिएको प्रहरी टोलीले मदिरा पसलहरूमा खानतलासी गर्ने क्रममा उनीहरूलाई आइतबार पक्राउ गरेको हो ।
यसरी पक्राउ पर्नेमा दोलखा कालिन्चोक गाउँपालिका ३ का स्थायी बासिन्दा निरज उप्रेती, स्याङ्जा गल्याङ नगरपालिका ९ का स्थायी बासिन्दा २६ वर्षीय धर्मी गौडेल र सिन्धुली तीनपाटन गाउँपालिका २ का स्थायी बासिन्दा २६ वर्षीय गणेश बहादुर रानामगरु रहेका छन् । उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार अनुसन्धानको क्रममा उनीहरुले स्वदेशी तथा विदेशी ब्रान्डका विभिन्न मदिराहरूको ब्राण्डमा नक्कली मदिरा बिक्री गर्दै आएको तथ्य भेटिएको छ ।