पाकिस्तानको मस्जिदमा विस्फोट, २८ जनाको मृत्यु

एजेन्सि /पाकिस्तानको उत्तरपश्चिम सहर पेशावरस्थित एक मस्जिदमा सोमवार भएको बम विस्फोटमा परि २८ जना मारिएका छन् । १ सयभन्दा धेरै घाइते भएको एजेन्सिहरुले जनाएका छन्।

ऐजेन्सिहरुका अनुसार पेशावरमा रहेको एक अस्पतालमा ७० जनाभन्दा धेरै घाइतेलाई उपचारका लागि ल्याइएको छ । पेशावर प्रहरी अधिकारीहरूले १५० जना जति मानिस घाइते भएको बताएका छन् । साथै विस्फोटका कारण मस्जिदको केही भाग भत्किएको बताइएको छ । कतिपय मानिसहरू भत्किएको संरचनाभित्र पुरिएर रहेको आशंका गरिएको छ ।

३०० जना मानिस क्षमताको उक्त मस्जिद विस्फोटको क्रममा मानिसले लगभग भरिएका थिए । उक्त विस्फोट आत्मघाती हमला थियो कि बम आक्रमण थियो भन्नेबारे पनि यकिन भएको छैन । यसबारे अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज