काठमाडौं / इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको छाता संगठनको रुपमा रहेको इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले सुधिर पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । आइस्पानको अध्यक्षमा सुधिर पराजुली दोस्रो कार्यकालका लागि सर्वसम्मतरुपमा चयन भएका हुन्।
सोमबार बसेको आइस्पानको २२ औं साधारण सभाले आगामी २ वर्षका लागि नयाँ नेतृत्व छनोट गरेको हो। सुबिसु केबलनेट प्रा.लि.का अध्यक्ष पराजुलीको नेतृत्वमा ९ सदस्यिय नयाँ कार्यसमितिसमेत सर्वसम्मत गठन भएको छ। उपाध्यक्षमा वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका संचालकमनोज अग्रवाल चयन भएका छन्।
आइस्पानको महासचिवमा एरोनेटका नविन कुमार श्रेष्ठ, सचिवमा वेब सर्फर नेपाल कम्युनिकेसन्सका सुरेन क्षेत्री चयन भएका छन्। त्यसैगरी कोषाध्यक्षमा इस्टलिंक टेक्नोलोजीका पुस्कर सिंह बडाल र कार्यसमिति सदस्यहरुमा टेकमाइन्ड्सका कमल बास्तोला, डिशहोमका सुदिप आचार्य, मर्कन्टाइल कम्युनिकेसनका मधु अमात्य र सुजन थापा चयन भएका छन्।
त्यसैगरी आइस्पानको सल्लाहकारमा भायनेट कम्युनिकेसन्सका बिनय बोहरा, सुबिसुका विनय मोहन साउद र क्लासिक टेकका प्रमेश खनाललाई चयन भएका छन् ।