राष्ट्रिय योजना आयोगमा तीन जना सदस्य नियुक्त

काठमाडौँ/सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगमा तीन जना सदस्य नियुक्त गरेको छ । मन्त्रिपरिषद्ले सुशील ज्ञवाली, अन्जान शाक्य र कुशेन्द्र महतलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।

ज्ञवाली राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व सीईओ हुन् भने शाक्य पूर्व राजदूत हुन् । रकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माका अनुसार बैठकले परराष्ट्र मन्त्रालय अन्तरगत नेपाल–बहराइन परामर्श संयन्त्रसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज