काठमाडौं / एब्स्ट्रयाक्ट पेट्सको आयोजनामा काठमाण्डौंको भृकुटीमण्डपमा डग शो २०२३ आयोजना हुने भएको छ।
शोमा सबै थरिका कुकुरहरुले भाग लिन पाउने आयोजक एब्स्ट्रयाक्ट पेट्सको अध्यक्ष पारस कपालीले बताए । आयोजकका अनुसार शो मा विभिन्न प्रतियोगिता हुनेछ। विजेताले नगदका साथै अन्य पुरस्कार पाउने छन्।
शो मा भाग लिन प्रति कुकुर एक हजार पाँच सय शुल्क तोकिएको छ। त्यस्तै, शो हेर्नको लागि प्रतिब्यक्ति प्रवेश शुल्क दुई सय ५० लाग्ने आयोजकले जानकारी दिएको छ।