सप्तरी/प्रमुख प्रशासकीय अधिकृतले मनोमानी काम गरेको भन्दै सप्तरीको कञ्चनरूप नगरपालिकाका जनप्रतिनिधिहरू सोमबारदेखि २ दिने धर्नामा बसेका छन्।
प्रमुख प्रशासकीय अधिकृत रेनुका साहको मनोमानी काम गरेको भन्दै उपप्रमुख मुनाकुमारी पोखरेलको नेतृत्वमा ६ जना वडाध्यक्ष र कार्यपालिका सदस्यसहित १५ जना जनप्रतिनिधि धर्नामा बसेका हुन्।
उपप्रमुख पोखरेलका अनुसार प्रमुख प्रशासकीय अधिकृत साहले गरेका एकलौटी निर्णय सच्चाउन नगरप्रमुख ललनप्रसाद गुप्तालाई ज्ञापन पत्र बुझाए पनि सुनुवाइ नभएकोले धर्नामा बस्न बाध्य भएका हो ।
प्रमुख प्रशासकीय अधिकृत साहले गत आर्थिक वर्ष ०७८/७९ को ४ करोड बजेटसमेत फ्रिज गराएको र मनोमानी तरिकाले १२ वडामा सचिव सरुवा गरेपछि जनप्रतिनिधिहरू धर्नामा उत्रिएका हुन ।