काठमाडौं/त्रि वि शिक्षण अस्पतालको महाराजगञ्ज मेडिकल कलेजका विद्यार्थीहरुले आइओएमका डीन डा दिव्या सिंह विरुद्ध र्याली निकालेका छन् । बुधबार उनीहरुले सिटी बजाएर विरोध गरेका हुन ।
त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएम, महाराजगञ्ज मेडिकल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले भदौ ३० गते भएको सहमतिको कार्यान्वयन नभएको भन्दै यसको कार्यन्वयन गर्न माग गर्दै आन्दोलन गरेका हुन् ।