राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन घोषणा गर्ने निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट

काठमाडौं/ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन घोषणा गर्ने निर्णय बदरको माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट पेस भएको छ। अधिवक्ता ज्ञानेन्द्रराज आरणले संविधान विपरीत निर्वाचनको मिति तय भएको भन्दै अन्तरिम आदेशमार्फत् रोक्नुपर्ने मागसहित रिट दायरु गरेका हुन्।

सर्वोच्च प्रशासनको अनुसार सर्वोच्चले उक्त रिटमा अध्ययन गरिरहेको छ। दर्ता गर्ने कि दरपिठ गर्ने भन्नेबारे बिहीबार मात्र निर्णय गर्ने तयारी छ।

अधिवक्ता आरणले निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको मिति घोषणा गर्दा कानुनको उल्लंघन गर्दै सार्वजनिक सरोकार अन्तर्गत पेस भएको रिटमा निर्वाचन घोषणा गर्दा निर्वाचन सम्बन्धी कानुन उल्लंघन भएको जिकिर गरिएको छ। निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २५ गते तोकेर कार्यतालिका समेत सार्वजनिक गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज