टुकुचा उत्खनन रोक्न महानगरलाई उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं /उच्च अदालत पाटनले टुकुचा उत्खनन गर्न काठमाडौं महानगरपालिकाले थालेको अभियान रोक्न अन्तरिम आदेश दिएको छ। न्यायाधीशहरू महेश पौडेल र राज्यलक्ष्मी ब्रजाचार्यको इजलासले बुधबार यस्तो निर्णय गरेको हो।

हात्तिसारका स्थानीयले आफ्नो निजी सम्पत्तिमा महानगरले कानुनी रित प्रकृया नपुर्‍याइ डोजर चलाएको भन्दै रिट दायर गरेका थिए । हात्तिसार क्षेत्रका शारदा मानन्धर, किरण प्रकाश शाखसहित २१ घरधनीले महानगरले आफ्नो घरजग्गामा डोजर चलाउन थालेपछि त्यसलाई रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट दिएका थिए।

रिट निवेदकमध्ये कतिपयले राणाहरूबाटै किनेर नामसारी गरेर भोग चलन गर्दै आएका र कतिपयले भने राणाहरूबाट जग्गा किनेका व्यक्तिहरुसँग किनेर भोग चलन गर्दै आएको उल्लेख गरेका छन् ।

जमिन भोग चलन बापत महानागरलाई तिरो समेत तिर्दै आइरहेको र महानगरपालिकाबाट भवन निर्माणको इजाजत लिएर घर बनाएको प्रमाण देखाउँदा पनि महानगरले नीजि सम्पतीलाई सार्वजनिक भन्दै डोजर चलाएको भन्दै स्थानीय रुष्ट बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज