सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक फास्ट ट्र्याकबाट अघि बढाइने

काठमाडौँ/ सरकारले सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक फास्ट ट्र्याकमा अघि बढाउने भएको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ का केही व्यवस्थाहरू संशोधन गर्नका लागि केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई द्रुतगति (फास्ट ट्र्याक) मा अघि बढाउन लागिएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयकलाई द्रुतगतिमा अघि बढाउने निर्णय गरेको हो । सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित नहुँदा राज्यलाई पर्ने असरबारे सरकार पूर्ण जानकार रहेको बताउँदै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले भने, ‘सम्पत्ति शुद्धीकरणसम्बन्धी राष्ट्रिय पुनरावलोकन परिषद्ले गत साता नै द्रुतगतिमा अघि बढाउने निर्णय गरिसकेको थियो । सोही निर्णयअनुसार सोमबार विधेयक मन्त्रिपरिषद्मा पेस भएको हो ।’

मन्त्रिपरिषद्को निर्णयसँगै अब सरकारले विधेयक छिट्टै प्रतिनिधिसभा संसद्मा लगिने पनि उनले बताए । गत आइतबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले पनि मुलुक नै कालोसूचीमा पर्नबाट जोगाउने विधेयकलाई छिटो पारित गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज