नाडाबाट ट्राफिक प्रहरी कार्यालयको सशक्तिकरणका लागि सहयोग प्रदान

काठमाडौं/ नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई पाँच थान हाईटेक एडभान्स सिपियु तथा त्यससँग सम्बन्धित उपकरण र १०० थान ट्राफिक रिफलेक्टर ज्याकेट हस्तान्तरण गरेको छ ।

एक कार्यक्रमका वीच नाडाका अध्यक्ष ध्रुव थापाले उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख मिरा चौधरीलाइ राजधानीको सेण्ट्रल ट्राफीक मोनिटरिङ्गका लागि सघाउन उपकरण र ज्याकेट हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रमको क्रममा राजधानीको ट्राफीक व्यवस्थापन तथा पार्किङ्गका सम्बन्धमा के कसरी अघि बढने भन्ने विषयमा समेत छलफल गरिएको थियो । कार्यक्रममा नाडाका अध्यक्ष थापाले नाडाले राजधानीको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन विगतदेखि नै विभिन्न भौतिक सहयोग प्रदान गर्दै आएको र आजको यो हस्तान्तरण कार्यक्रम पनि त्यसको निरन्तरता भएको बताए ।

त्यसै क्रममा सो कार्यालयका प्रमुख चौधरीले नाडाको उक्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि यस कार्यालयका लागि नाडाबाट यस किसिमका सहयोग निरन्तर रुपमा प्राप्त भइरहने अपेक्षा राखेको बताइन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज