प्रहरीले लाठी चार्ज गरेको भन्दै वीर अस्पतालका चिकित्सकले विरोधमा उत्रिए

काठमाडौं/ राष्ट्रपतिको सवारीको समयमा हिडेको भन्दै प्रहरीले लाठी चार्ज गरेको भन्दै वीर अस्पतालका चिकित्सकले विरोधमा उत्रिएका छन्।

प्रहरीको लाठी चार्जबाट डा जनिथलाल सिंह घाइते भएका छन्। शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट उनी घाइते भएका हुन् । घटनाको विरोधमा चिकित्सकहरुले प्रर्दशन गर्ने क्रममा चिकित्सक र प्रहरीबीच भनाभन भएको थियो भने सो क्षेत्रको सडक केहीबेर अवरुद्ध भएको थियो।

प्रहरीको लाठी चार्ज पछि चिकित्सक विरोधमा उत्रिएका थिए । प्रहरीले सडकको अवरोध हटाउन बल प्रयोग गरेपछि केही स्वास्थ्यकर्मी घाइते भएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज