पोखराको लेकसाइड सेन्टरको भवनमा भएको आगलागी नियन्त्रणमा

पोखरा/ पोखराको लेकसाइडमा रहेको लेकसाइड सेन्टरमा शनिबार दिउँसो भएको आगलागी ३ घण्टा पछि नियन्त्रणमा आएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको टोलीले झण्डै तीन घण्टापछि आगो नियन्त्रणमा लिएको हो । लेकसाइड सेन्टरको भवनमा रहेको सेलवेज सुपरमार्केटको गोदामबाट दिउँसो करिव ४ बजेबाट आगलागी शुरु भएको थियो ।

आगलागीबाट कुनै मानवीय क्षति भएको छैन । क्षतिको यकिन विवरण भने आइसकेको छैन । तर उक्त भवनमा रहेका हिमालयन जाभा, नासा ट्रेकिङ इकुप्मेन्ट सप लगायत आधा दर्जन पसलहरूमा पनि क्षति पुगेकोले करोडौंको क्षति भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज