गोंगबुको ल्होत्से मलमा मोबाइल लुटपाटमा संलग्न रहेको आरोपमा ४ जना पक्राउ

काठमाडौं/ आइतवार यातायात मजदुरको आन्दोलनका क्रममा गोंगबुस्थित ल्होत्से मलमा रहेको मोबाइल पसलमा लुटपाटमा संलग्न रहेकामध्ये चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका चारै जनालाई प्रहरी वृत्त महाराजगञ्जले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । ट्राफिक प्रहरीले जरिवाना बढाएको र बसपार्कभित्र मात्रै पार्किङ गर्नुपर्ने प्रावधान राखेको विरोधमा भएको आन्दोलनमा तोडफोड र आगजनी भएको थियो ।

मोबाइल पसलमा भएको चोरीबारे अनुसन्धान गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज