राष्ट्रपतिद्धारा स्थानीय तहका उम्मेदवारलाई २४ अर्बभन्दा बढीको जरिवाना माफी

काठमाडौं/ प्रजातन्त्र दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेदवारहरूको २४ अर्व जरिवाना रकम माफी मिनाहा गरिदिएकी छिन ।

कार्यालयद्वारा जारी विज्ञप्तिमा अनुसार फागुन ७ गते, प्रजातन्त्र दिवसको अवसर पारेर उम्मेदवारहरूको जरिवाना माफी गरिएको हो ।

यही फागुन ४ गतेको मन्त्रिपरिषद बैठकको सिफारिसमा नेपालको संविधानको धारा २७६ बमोजिम उक्त जरिवाना माफी(मिनाहा भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

उम्मेदवारहरूले निर्वाचन परिणाम सार्वजनिक भएको मितिले तीस दिनभित्र खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ। यो प्रावधान उल्लंघन गरेका एक लाख २३ हजार ६ सय ५० जना उम्मेदवारलाई आयोगले २४ अर्ब ६३ करोड ८८ लाख जरिवाना तोकेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज