काठमाडौँ/ पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र जोखिममा परेको भन्दै राजनीतिक दलसँग सहकार्यको प्रस्ताव गरेका छन् । ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शनिबार शुभकामना सन्देश दिँदै उनले भनेका छन्, ुअब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्नु हुँदैन ।
अब नेपालको अधोगतिप्रति अब आफूहरू मौन रहन नसक्ने बताउँदै पूर्वराजा ज्ञानेन्द्रले राज्य व्यवस्थाले जनताको सुख, शान्ति र राष्ट्रले समृद्धिमा योगदान दिन नसकेको भन्दै नेपालको अधोगतिप्रति आफूहरू मौन रहन नसक्ने समेत बताएका छन्।
ुदेशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा(चिरा पर्न थालेको बताउँदै उनले ‘नेपालको अत्यधिक बहुसंख्यक जनताले चाहेको निर्णय स्वीकार्ने हाम्रो वंशको परम्परा र संस्कार हो । शोकाकुल अवस्थाको अत्यन्तै प्रतिकूल पलहरूमा पनि हामीले संयमता र देशभक्ति गुमाएनौँ र देश छोडेर पनि गएनौं। तर नेपालको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं।’
पूर्वराजा शाहले राजनीतिक दलका नेताहरु परिवारवादमा फसेको समेत आरोप लगाउँदै देश र जनताभन्दा दलगत, पारिवारिक र व्यक्तिगत लोभ र लालचको जन्जालमा राजनीतिक दलका धेरै नेताहरु फसेका आरोप समेत लगाएका छन् ।