काठमाडौं / एक लाख २६ हजार तीन सय कतारी रियल सहित टर्कीस् नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
अबैध रुपमा भारतको दिललीतर्फ लैजान लागेको ठूलो परिणामको कतारी रियल सहित टर्कीस् नागरिक २९ वर्षीय हिड्ली क्यानलाई पक्राउ परेका हुन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता हिमालयकुमार श्रेष्ठका अनुसार ती टर्कीस नागरिक एयर इन्डियाको उडानद्वारा दिल्ली जान लागेका थिए । उनलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।