काठमाडौँ / उमेर झुक्याएर सेवामा बहाल रहेको खुलेपछि नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले बुधबार राजीनामा दिएका छन् । उनले प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखा पुगेर राजीनामा दिएका हुन ।
हाल सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक–फरक भेटिएपछि उनी विबादमा मुछिएका हुन् ।
प्रहरी प्रधान कार्यालयले डीआईजी सिंहको राजीनामा स्वीकृतिका लागि बुधबार नै गृह मन्त्रालयमा पठाएको छ ।