उपत्यकामा जग्गा कित्ताकाट खुलाइयो

काठमाडौं्उ पत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर गरी तीनै जिल्लामा जग्गा वर्गीकरणको काम सकिएकाले उपत्यकामा जग्गा कित्ताकाट खुलाइएको छ । यो कित्ताकाट भने कृषि जग्गाको लागि खुलेको हो। गैर कृषि जग्गा भने अन्य विधामा वर्गीकरण गरिसकेपछि मात्रै खुल्ने छ।

भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले उपत्यकामा जग्गा वर्गीकरण सकेको हो । स्थानीय तहले कृषि र गैर कृषि गरि जग्गाको वर्गीकरण गरेका छन् । अहिले कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन गरी विभिन्न विधामा स्थानीय तहले जग्गा वर्गीकरण गर्ने काम भइरहेको छ ।
सरकारले २०७९ जेठ २३ गतेदेखि भू उपयोग नियमावली लागू गरेको छ । जग्गा व्यवस्थापन गर्दा यो नियवावली अनुसार गर्नुपर्ने हुन्छ ।

सरकारले मंसिर २३ गतेसम्ममा जग्गाको वर्गीकरणको काम सक्न स्थानीय तहलाई निर्देशन दिएको थियो। सो निर्देशनअनुसार हालसम्म विभागमा करिब एक सय वटा पालिकाले मात्रै जग्गा वर्गीकरण गरेको जानकारी विभागमा आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज