अस्ट्रेलियामा विद्यार्थीले हप्तामा २४ घन्टा काम गर्न पाउने

काठमाडौं / अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीले आगामी जुलाई १ तारिखदेखि हप्तामा २४ घन्टा काम गर्न पाउने भएका छन् । अस्ट्रेलियाको शिक्षा विभागले यसै हप्ता जारी गरेको सूचना अनुसार, यसअघिको १५ दिनमा ४० घण्टा काम गर्न पाउने नियमलाई संशोधन गरिएको हो ।

हाल कोभिडका कारण कामदार अभाव भएपछि विदेशी विद्यार्थीहरूले काम गर्ने समयसीमा हटाइएको थियो । यसअघि भने विद्यार्थीले दुई हप्ताको ४० घण्टा काम गर्न पाउने नियम रहेको थियो ।

यसै वर्षको आगामी जुलाई १ देखि यो नियम पहिलेकै अवस्थामा फर्किने सरकारले घोषणा गरिसकेको छ । पुरानै अवस्था फर्कने बेलामा भने अब नयाँ समयसीमा लागू हुने शिक्षा विभागले जनाएको छ । जुन हप्ताको २४ घन्टा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज