राष्ट्रपतिको निर्वाचनपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने  

काठमाडौँ / राष्ट्रपतिको निर्वाचनपछि मात्रै मन्त्रिपरिषद् बिस्तार हुने भएको छ। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा मन्त्रिपरिषद्ले गरेको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद् विस्तार राष्ट्रपतिको निर्वाचनपछि हुने बताएकी हुन् ।

नयाँ गठबन्धन र सरकार गठन सम्बन्धमा दलहरुवीच छलफल गर्नुपर्ने भएकाले त्यसको टुंगो लागेपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने मन्त्री शर्माले बताइन् ।

मन्त्री शर्माले भनिन्, एमाले र राप्रपा सरकारबाट निस्किसकेको अवस्थामा कुन कुन पार्टी सरकारमाप्रवेश गर्ने त्यो कुराको पनि टुंगो लगाइसकेपछि मन्त्रिपरिषद् विस्तार हुन्छ ।

नेकपा एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिनु पर्ने भएको छ । प्रधानमन्त्रीले विश्वासको मत पनि राष्ट्रपतिको निर्वाचन पछि मात्रै लिने उनले जानकारी गराइन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज