प्रधानमन्त्री दाहालविरुद्धको रिटको पेशी बिहीबार

काठमाडौँ / द्वन्द्वकालीन मुद्दाको सवालमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध दर्ता भएको रिटमा बिहीबारका लागि पेशी तोकिएको छ ।

सर्वोच्च प्रशासनका अनुसार ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीसहितका व्यक्तिहरूले दाहालविरुद्ध मंगलबार सर्वोच्च प्रशासनमा दर्ता गरेको रिट निवेदनमाथि बिहीबार पेशी तोकिएको हो। प्रधानमन्त्री दाहाललाई बिहीबार बिहान १० बजे अदालतमा हाजिर हुन भनिएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज