भोलि राष्ट्रपति निर्वाचन, सबै तयारी सकियो

काठमाडौँ / नयाँ राष्ट्रपति चयनका लागि बिहिबार हुने निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचन आयोगका अनुसार नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहीबार बिहान १० बजेदेखि ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको छ ।

निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले बताए ।

नयाँ राष्ट्रपति निर्वाचनका लागि नेपाल प्रहरीले आवश्यक सुरक्षा व्यवस्थाको योजना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले राष्ट्रपतिको निर्वाचनका लागि करिब ९ सय जना जनशक्ति परिचालन गर्ने जनाएको छ ।
राष्ट्रपति पदका लागि एमालेबाट सुवासचन्द्र नेम्वाङ र कांग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार बनेकाछन् । राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेश सभाहरूका सांसद मतदाताका रुपमा रहनेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज