प्रमुख निर्वाचन आयुक्तले बुझाए राष्ट्रपति भण्डारीसमक्ष राष्ट्रपति निर्वाचिनको प्रतिवेदन

काठमाडौं/ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले शुक्रबार राष्ट्रपति निर्वाचन सम्बन्धि प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेका छन्।

संविधानको धारा ६२ तथा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा ६० बमोजिम पौडेल राष्ट्रपतिमा निर्वाचित भएको प्रतिवेदन पेश गर्नु पर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार आयुक्त थपलियाले राष्ट्रपति कार्यालयमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेल निर्वाचित भएको प्रतिवेदन पेश गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज